• प्राधिकरण : ७८०९ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३६२४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ७९४६ मे.वा.घन्टा
  • आयात : १०१८५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १५ मे.वा.घन्टा
  • ऊर्जा माग : २९५७९ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १६७१ मे.वा.
×

सिक्लेस हाइड्रोले २० लाख कित्ता सेयर निष्कासन गर्ने, अनुमतिका लागि बोर्डमा आवेदन

२०७८ मङ्सिर १४

काठमाडौं । सिक्लेस हाइड्रो पावर कम्पनीले २० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले कास्कीमा सञ्चालित १३ मेगावाट मद्क्यू  जलविद्युत केन्द्रको सेयर निष्कासन गर्न लागेको हो ।

आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सय रुपैयाँमा अंकित २० करोड रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गरिनेछ ।

सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको पनि कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बोर्डबाट अनुमति पाउनेलगतै पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ । दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरीनेछ ।

कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न बिओके क्यापिटल मार्केटलाई बिक्री प्रबन्धक तोकेको छ । कम्पनीले निर्माण सम्पन्न गरेको आयोजनाले विगत २०७४ चैत्र १९ गतेदेखि नियमीत विद्युत उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया

सम्पादक : लक्ष्मण वियोगी
© 2022 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +977-1-5321303
Site By : Nectar Digit