• प्राधिकरण : ७८०९ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३६२४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ७९४६ मे.वा.घन्टा
  • आयात : १०१८५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १५ मे.वा.घन्टा
  • ऊर्जा माग : २९५७९ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १६७१ मे.वा.
×

अरुण तेस्रोको प्रसारण लाइन निर्माण सुरु

२०७७ माघ १४

काठमाडाैं । ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् भारत निर्यातका लागि प्रसारणलाइन निर्माणको कार्य सुरु भएको छ । आयोजना निर्माण भइरहेको संखुवासभाको दिदिङदेखि भारतको सीतामणिसम्मको २ सय ३३ किलोमिटर डबल सर्किटको ४ सय केभीको प्रसारणलाइनको निर्माण कार्य सुरु भएको हो ।

प्रसारणलाइनअन्तर्गत डिडिङदेखि नेपाल–भारतको सीमा बथनाहसम्मको २ सय १७ किलोमिटर र बथानाहदेखि सीतामणिसम्म १६ किलोमिटर पूर्वाधार निर्माण हुनेछ । ढल्केबर सबस्टेसनको निर्माण सुरु गरेसँगै प्रसारणलाइनको निर्माण कार्य सुरु भएको आयोजनाले जनाएको छ ।

दुई टावर, दुई कन्डक्टर र एक सबस्टेसन गरी पाँच प्याकेज बनाएर प्रसारणलाइन निर्माण अघि बढाइएको र यसका लागि निर्माण कम्पनी छनोट गरिसकेको आयोजनाको प्रवद्र्धक अरुण तेस्रो हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले जानकारी दिए । “सन् २०२२ को जुलाईमा सम्पन्न गर्ने गरी आयोजनाको काम सुरु भएको छ, सवस्टेशनको जग्गा प्राप्ति भइसकेको छ भने प्रसारणलाइन निर्माण गर्ने क्षेत्रहरूको जग्गा प्राप्ति र प्रक्रिया अघि बढेको छ,” उनले भने ।

महोत्तरी, उदयपुर, संखुवासभा, भोजपुर, खोटाङ, सिरहा र धनुषा जिल्लाका टावर जाने क्षेत्रहरूमा जग्गा प्राप्ति, मुआब्जा निर्धारणलगायत काम अघि बढेको आयोजनाले जनाएको छ । सन् २०११ मा गरिएको सर्भेअनुसार निर्माण गर्दा उदयपुरको कटारी क्षेत्रमा धेरै घर विस्थापित हुने भएपछि ४८ टावर सार्नुपर्ने देखिएको पनि आयोजनाले जनाएको छ ।

प्रसारणलाइनका लागि अगष्ट २०१९ मा भारत सरकारले १९ अर्ब ७७ करोड ८८ लाख रुपैयाँ बराबर अर्थात १२ अर्ब ३६ करोड १३ करोड भारु लगानीका लागि स्वीकृति दिइसकेको छ भने नेपाल सरकारले पनि डिसेम्बर २०१९ मा प्रसारणलाइनको अनुमतिपत्र समेत दिइसकेको छ । आयोजनाअन्तर्गत सात जिल्लामा ५०१ टावर बन्नेछन् ।

आयोजनाका अनुसार दिदिङदेखि उदयपुरसम्म ९३ किलोमिटर र उदयपुरदेखि सीमासम्म १ सय २३ किलोमिटर प्रसारणलाइन बन्नेछ । १० महिनाअघि प्रसारणलाइन निर्माणका लागि निर्माण व्यवसायी कम्पनी छनोट भएपनि कोभिडको कारणले ढिलाइ भएको आयोजनाले जनाएको छ ।

संखुवासभा, भोजपुर, खोटाङलगायत जिल्ला हुँदै प्रसारणलाइन सीमा हुँदै ढल्केबरसम्म लैजाने योजना भए पनि आयोजनाले यसलाई संशोधन गरेर सीतामणि लैजाने योजना बनाएको छ । पहिला मुज्जफ्फरपुर पु¥याउन एक सय किलोमिटर प्रसारणलाइन भए पनि अब सीतामणिसम्म पुफ्याउन १६ किलोमिटर प्रसारणलाइन भए पुग्छ । आयोजनाबाट उत्पादित विद्युत् ढल्केबरबाट मुज्जफ्फरपुर हुँदै भारत निर्यात गर्ने योजना छ ।

सन् २००८ मा खुला प्रतिस्पर्धामार्फत अनुमतिपत्र लिएको अरुण तेस्रोको सन् २०१४ मा आयोजना विकास सम्झौता (पीडीए) भएको थियो । सम्झौता अनुसार, नेपालले पाउने २१.९ प्रतिशत अर्थात् १९७ मेगावाट विद्युत् ढल्केवरस्थित ४०० केभी प्रसारणलाइनमार्फत पाउनेछ ।

एक खर्ब २० अर्ब लागत अनुमान गरिएको आयोजना सन् २०२० भित्र सम्पन्न गर्ने लक्ष्य छ । प्रसारणलाइन निर्माण केही ढिलाइ भए पनि आयोजना सम्पन्न हुने मितिमै सम्पन्न गर्ने गरी आयोजनाको निर्माण कार्य दु्रतगतिमा अघि बढेको आयोजनाले जनाएको छ ।

काराेबार दैनिक

प्रतिक्रिया

सम्पादक : लक्ष्मण वियोगी
© 2022 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +977-1-5321303
Site By : Nectar Digit