• प्राधिकरण : ८११७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ४८२२ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२८२८ मे.वा.घन्टा
  • आयात : ६६ मे.वा.घन्टा
  • निर्यात : ६९३ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : २५८३३ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १४३४ मे.वा.
×

माथिल्लो तामाकोसीको तेस्रो युनिट प्रणालीमा जोडियो, २ सय २८ मेगावाट विद्युत उत्पादन

२०७८ साउन ९

काठमाडौं । दोलखास्थित ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको तेस्रो युनिटबाट विद्युत उत्पादन सुरु भएको छ । आयोजनाको तेस्रो युनिटको ७६ मेगावाट विद्युत शुक्रबार बेलुका ७ बजेबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।

तेस्रो युनिट प्रणालीमा जोडिएपछि आयोजनाबाट २२८ मेगावाट विद्युत उत्पादन भइरहेको प्रवर्द्धक अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीका उपप्रबन्धक पूर्णगोपाल रन्जितले बताए । उनका अनुसार अब बाँकी ३ वटा युनिट क्रमशः उत्पादन गर्दै जाने योजना छ ।

साउन पहिलो हप्ता भित्रै तेस्रो युनिट सञ्चालन गर्ने योजनाअनुरूप नै हिजो थप ७६ मेगावाट विद्युत प्रणालीमा जोडेका छौं,’ उनले ऊर्जाखबरसँग भने, ‘साउन मसान्तभित्र चौथो युनिट पनि जोडिन्छ । उनले अबको भदौ महिनाभित्र ६ वटै युनिट सञ्चालनमा आउने बताए ।

ui="">आयोजनाको विद्युतगृहमा ६ वटा युनिट छन् । हरेक युनिटको क्षमता ७६ मेगावाट छ । गत असार २१ गते (सोमबार) तामाकोसीको पहिलो युनिट र असार २९ गते दोस्रो युनिटबाट उत्पादन सुरु गरिएको थियो ।

आयोजनाले उत्पादन गरेको विद्युत गोंगरस्थित विद्युतगृहदेखि ४७ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनबाट न्यू खिम्ती सबस्टेसन पुर्याइएको छ । त्यहाँबाट खिम्तीढल्केबर प्रसारण लाइनबाट ढल्केबरस्थित ४००/२२०/१३२ केभी सबस्टेसनमा पुर्याइएको छ ।

आयोजनाले सबैभन्दा सुख्खा समयमा दैनिक कम्तीमा ४ घन्टा पूर्ण क्षमता (४५६ मेगावाट) उत्पादन गर्नेछ । रोल्वालिङ खोलाको पानी मिसाएर उत्पादन बढाउने योजना पनि कार्यान्वयन भइरहेको छ ।

यसो हुँदा विद्युतको उच्च माग हुँदा दैनिक १ घन्टा पूर्ण क्षमतामा उत्पादन हुने आयोजनाले जानकारी दिएको छ । यो आयोजनाबाट वार्षिक औसत २ अर्ब २८ करोड १० लाख युनिट उत्पादन हुनेछ ।

प्रतिक्रिया

सम्पादक : लक्ष्मण वियोगी
© 2021 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +977-1-5321303
Site By : Nectar Digit