• प्राधिकरण : ९९७५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६६४४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १०९५१ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १३७७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : २७५७१ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १५१५ मे.वा.
×

ईङवा हाइड्रो पावरले १९ लाख ६० हजार कित्ता सेयर निष्कासन गर्ने, प्रबन्धकमा एसबीआई मर्चेन्ट

२०७८ कार्तिक ४

काठमाडौं । ईङवा हाइड्रो पावर कम्पनीले १९ लाख ६० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ताप्लेजुङमा निर्माणाधीन ९.७ मेगावाटको माथिल्लो ईङवा खोला जलविद्युत आयोजनाको सर्वसाधारण र स्थानीयका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो ।

सय रुपैयाँमा अंकित १९ करोड ६० लाख रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सेयर निष्कासन गरी बाँडफाँड गर्न नेपाल एसबीआई मर्चेन्ट बैकिङलाई बिक्री प्रबन्धक चयन गरिएको छ ।

बिक्री प्रबन्धक चयन सम्झौतामा बैकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र कम्पनीका तर्फतबाट सञ्चालक न्यौपानेले हस्ताक्षर गरे । कम्पनीले दार्जुलामा माथिल्लो ईङवा खोला जलविद्युत आयोजना निर्माण गरिरहको छ ।

प्रतिक्रिया

सम्पादक : लक्ष्मण वियोगी
© 2021 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +977-1-5321303
Site By : Nectar Digit