• प्राधिकरण : ७३३० मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११६८३ मे.वा.घन्टा
  • आयात : ९७ मे.वा.घन्टा
  • निर्यात : १४४६ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : २४२५२ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १२५५ मे.वा.
×

बुद्धभुमिले असोज ११ गतेदेखि सेयर निष्कासन गर्ने

२०७८ असोज ३

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीले साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले नुवाकोटमा निर्माणाधीन ४.९९३ मेगावाटको तल्लो तादी खोला जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो ।

सय रुपैयाँमा अंकित ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार निष्कासन गरिने सेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ७ लाख ४४ हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछ । सर्वसाधारणले छिटोमा असोज १४ गतेसम्म र ढिलोमा असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न सिभिल क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । निर्माणाधीन आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाबाट आगामी चैत्रभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्पादक : लक्ष्मण वियोगी
© 2021 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +977-1-5321303
Site By : Nectar Digit